Wednesday, August 19, 2015

पूर्ण सरसफाइ सम्वन्धि तिन दिने तालिम सम्पन्न

डोल्पा/ भाद्र २ , नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा को आयोजना तथा सिइएचपी नेपालगञ्जको आर्थिक सहयोगमा संचालित पूर्ण सरसफाइ सम्बन्धि तालिम ३ दिने एक औपचारीक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । 

डोल्पा जिल्ला सदरमुकाम दुनै मा रहेको पला गेष्टहावस मा संचालित तालिममा कार्यक्रम संचालित रहेका गाविस रह,लावन,सहतारा गाविसमा रहेका निमावि विद्यालय एक एक जना शिक्षक, उपशाखा प्रतिनिधि,एलजिसिडिपी सामाजिक परिचालक, भि वास सीसी प्रतिनिधी डब्लु वास सीसी प्रतिनिधि तथा परियोजना संचालन मा कार्यरत कर्मचारि गरि २० जनाको संलग्नता रहेको थियो । 

रेडक्रसका विकासक्रम सघै मूल्य र मान्यता , सरसफाइको परिभाषा, सरसफाइको राष्टिय तथा अन्तराष्टिय अवस्था, हाल यहाको अवस्था, पूर्ण सरसफाइका सूचकहरु, अभियान विषयमा छलफल, हात धुनुपर्ने अवस्था र प्रक्रिया, फिल्ड अभ्यास, कार्ययोजना निर्माण सघै कार्यक्रम सम्पन्न गरिएको छ ।   समाबेश विषयबस्तुमा छलफलको सहजिकरण नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगञ्ज का कार्यक्रम अधिकृत भरत रिजाल, परियोजना अधिकृत सृजना नेपालले सहजिकरण गर्नु भएको थियो ।  समाबेश भएका विषय बस्तुमा गहन र खुल्ला रुपमा छलफल भएको, छलफलका विषय बस्तु जिवन उपयोगि रहेको र हामिले यस अभियानको सफलताकालागि सबै लागिपर्ने प्रतिबद्धता सहभागिको तर्फबाट नेपाल रेडक्रस सोसाइटी उपशाखा सहताराका सभापति तेजेन्द्रबहादुर बुढाले बताउनु भयो । 

सरसफाई सम्बन्धी अभियानलाई सघाउने हेतुले आयोजना गरिएको तालिम समय सान्दर्भिक र यस जिल्लाको अभियानलाइ अगाडि बढाउन सहयोगी हुने र आगामि दिनमा यस किशिमको तालिमको आयोजना गर्दै जानुपर्ने सहभागिहरुको भनाइ रहेको थियो । यस किशिमको तालिम ग्रामिण स्तरमा गर्न पहल गर्नु पर्ने जोड दिएका थिए । 

तालिमको समापन लगतै तयार गरिएको प्रमाण पत्र वितरण कार्यक्रममा कार्यक्रमका सभापति तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाका मन्त्री गोर्ख बुढा द्धवारा सुरु गरि सहभागि द्धवारा पालैपालो पमाणपत्र वितरण गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाका मन्त्री गोर्ख बुढाको सभापतित्व मा संचालित कार्यक्रमको संचालन जिल्ला कार्यक्रम संयोजक टेकम वली ले गर्नु भएको थियो । 

Monday, August 17, 2015

पूर्णसरसफाइ सम्वन्धी तालिमकाे अयोजना


डोल्पा / साउन ३२ ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा को आयोजना तथा सिइएचपी नेपालगञ्जको आर्थिक सहयोगमा संचालित पूर्ण सरसफाइ तालिम ३ दिने कार्यक्रम औपचारीक कार्यक्रमको आयोजना गरि उदघाटन गरिएको छ । 

जिल्ला शाखाका मन्त्री गोर्ख वहादुर बुढाको स्वागत मन्तब्य बाट सूरु गरिएको कार्यक्रममा जिल्ला काभा सभापति लालीमान बुढा र खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय डोल्पाका नि.कार्यालय प्रमुख केवल कुमार खतिवडाले संयूक्त रुपमा ब्यानर उदघाटन गरेर सुरुवाति गरिएको थियो ।  

सामुदायिक खानेपानी , स्वास्थ्य सरसफाइ तथा स्वच्छता कार्यक्रम ब्यवस्थापन उप समिति संयोजक तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाका का.भा सभापति लालिमान बुढाको सभापतित्व मा संचालित कार्यक्रम कार्यक्रम जिल्ला खानेपानी सरसफाइ सव डिभिजन कार्यालय रोल्पाका केवल कुमार खतिवडा, किर्डाक डोल्पाका सुरेन्द्र ढकाल, सामुदायिक रेडियो डोल्पाका स्टेशन म्यानेजर टेक बहादुर शाहिको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन जिल्ला कार्यक्रम संयोजक टेकम वली ले गर्नु भएको थियो । 

श्रवाण ३२ गते देखी भाद्र २ गते सम्म  ३ दिन चल्ने कार्यक्रममा रह, लावन र सहरतारा गाविसका गाबिस स्तरीय खानेपानी सरसफाइ र स्वच्छता समन्वय समितिका पदाधिकारी, वडा स्तरीय खानेपानी स्वास्थ्य तथा सरसफाइ स्वच्छता समन्वय समिति, एलजिसिडिपी सामाजिक परिचालक, रेडक्रस नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा र उपशाखा का प्रतिनिधि गरी २२ जना सहभागि रहेका छन । कार्यक्रमको सहजिकरण सिइएचपी नेपालगञ्ज का कार्यक्रम अधिकृत भरत रिजाल, परियोजना अधिकृत सृजना नेपालले सहजिकरण गरिरहनु भएको छ । 


।  

सामुदायिक स्वास्थ्य प्रवद्धन तालिम सम्पन्न

डोल्पा साउन ३१ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा को आयोजना तथा सिइएचपी नेपालगञ्जको आर्थिक सहयोगमा संचालित सामुदायिक स्वास्थ्य प्रवद्धन तालिम ४दिने एक औपचारीक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ । 

डोल्पा जिल्ला सदरमुकाम दुनै मा रहेको पला गेष्टहावस मा संचालित तालिममा कार्यक्रम संचालित रहेका गाविस रह,लावन,सहतारा गाविसमा रहेका निमावि विद्यालयमा गठित जूनिएर रेडक्रस सर्कलका शिक्षक नायकहरु, उपशाखा प्रतिनिधि,तथा परियोजना संचालन मा कार्यरत कर्मचारि गरि १० जनाको संलग्नता रहेको थियो । 

रेडक्रसका विकासक्रम सघै मूल्य र मान्यता , यौन र यौनिकता , प्रजनन् स्वास्थ्य , किशोर र किशारिको प्रजनन स्वास्थ्य, पाठेघर खस्ने,यौन रोग,एच आइ भि र एडस,नसर्ने रोगहरु,पोषण, जूनियर तथा यूवा रेडक्रस, साथि शिक्षा र दौतरी दवाफ लगाएतका बिषयबस्तुमा छलफल भएको थियो । समाबेश विषयबस्तुमा छलफलको सहजिकरण नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगञ्ज का कार्यक्रम अधिकृत भरत रिजाल, परियोजना अधिकृत सृजना नेपालले सहजिकरण गर्नु भएको थियो ।  समाबेश भएका विषय बस्तुमा गहन र खुल्ला रुपमा छलफल भएको, छलफलका विषय बस्तु जिवन उपयोगि रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा सहताराका सभापति तेजेन्द्रबहादुर बुढाले बताउनु भयो । 

तलिमको समापन सत्रमा सहभागिको तर्फबाट बोल्दै जिवन उपयोगि सामुदायिक स्वास्थ्य प्रवद्धन तालिमलाई प्रभावकारी गराउदै विभिन्न विद्यालय तथा गाँउ गाँउ सम्म लैजान नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा डोल्पालाई अनुरोधका साथै तालिममा सल्ला सुझाब प्रदान शुभकामना निमावि रहका शिक्षक नायक शिव प्रशाद बास्तोला ले बताउनु भयो । समापन मन्तब्य दिने बक्ताहरुमा प्रशिक्षक भरत रिजाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाका मन्त्री गोर्ख बहादुर बुढाले मन्तब्य दिनु भएको थियो ।  

सामुदायिक खानेपानी , स्वास्थ्य सरसफाइ तथा स्वच्छता कार्यक्रम ब्यवस्थापन उप समिति संयोजक तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाका का.भा सभापति लालिमान बुढाको सभापतित्व मा संचालित कार्यक्रमको संचालन जिल्ला कार्यक्रम संयोजक टेकम वली ले गर्नु भएको थियो ।