डोल्पा साउन ३१ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पा को आयोजना तथा सिइएचपी नेपालगञ्जको आर्थिक सहयोगमा संचालित सामुदायिक स्वास्थ्य प्रवद्धन तालिम ४दिने एक औपचारीक कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको छ ।
डोल्पा जिल्ला सदरमुकाम दुनै मा रहेको पला गेष्टहावस मा संचालित तालिममा कार्यक्रम संचालित रहेका गाविस रह,लावन,सहतारा गाविसमा रहेका निमावि विद्यालयमा गठित जूनिएर रेडक्रस सर्कलका शिक्षक नायकहरु, उपशाखा प्रतिनिधि,तथा परियोजना संचालन मा कार्यरत कर्मचारि गरि १० जनाको संलग्नता रहेको थियो ।
रेडक्रसका विकासक्रम सघै मूल्य र मान्यता , यौन र यौनिकता , प्रजनन् स्वास्थ्य , किशोर र किशारिको प्रजनन स्वास्थ्य, पाठेघर खस्ने,यौन रोग,एच आइ भि र एडस,नसर्ने रोगहरु,पोषण, जूनियर तथा यूवा रेडक्रस, साथि शिक्षा र दौतरी दवाफ लगाएतका बिषयबस्तुमा छलफल भएको थियो । समाबेश विषयबस्तुमा छलफलको सहजिकरण नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगञ्ज का कार्यक्रम अधिकृत भरत रिजाल, परियोजना अधिकृत सृजना नेपालले सहजिकरण गर्नु भएको थियो । समाबेश भएका विषय बस्तुमा गहन र खुल्ला रुपमा छलफल भएको, छलफलका विषय बस्तु जिवन उपयोगि रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखा सहताराका सभापति तेजेन्द्रबहादुर बुढाले बताउनु भयो ।
तलिमको समापन सत्रमा सहभागिको तर्फबाट बोल्दै जिवन उपयोगि सामुदायिक स्वास्थ्य प्रवद्धन तालिमलाई प्रभावकारी गराउदै विभिन्न विद्यालय तथा गाँउ गाँउ सम्म लैजान नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा डोल्पालाई अनुरोधका साथै तालिममा सल्ला सुझाब प्रदान शुभकामना निमावि रहका शिक्षक नायक शिव प्रशाद बास्तोला ले बताउनु भयो । समापन मन्तब्य दिने बक्ताहरुमा प्रशिक्षक भरत रिजाल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाका मन्त्री गोर्ख बहादुर बुढाले मन्तब्य दिनु भएको थियो ।
सामुदायिक खानेपानी , स्वास्थ्य सरसफाइ तथा स्वच्छता कार्यक्रम ब्यवस्थापन उप समिति संयोजक तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाका का.भा सभापति लालिमान बुढाको सभापतित्व मा संचालित कार्यक्रमको संचालन जिल्ला कार्यक्रम संयोजक टेकम वली ले गर्नु भएको थियो ।
No comments:
Post a Comment